अन्तर्राष्ट्रिय

फिलाडेल्फिया विमान दुर्घटनामा आमा र बच्चासहित सातको मृत्यु

Banner

वासिङटन डीसी, माघ २०-

फिलाडेल्फियामा मेडिकल जेट दुघर्टनामा मर्नेको संख्या सात पुगेको छ । शुक्रबार साँझ भएको सो दुर्घनामा विमानभित्र सवार ६ जनाको मृत्यु भएको थियो ।

यस घटनामा जमिनमा भएका एक जना पनि मरेको शहरका मेयर चेरेल पार्करले पुष्टि गरेका छन् । बिरामी बालिका बोकेको उक्त विमान मेक्सिकोको तिजुआनामा जाँदै थियो ।

फिलाडेल्फियाको एउटा बाल अस्पतालमा उपचार पूरा भएपछि बालिकालाई घर लगिँदै थियो । विमानमा बालिकाकी आमा, दुई जना पाइलट, एक जना डाक्टर र पेरामिडक पनि थिए ।

यिनीहरू सबै मेक्सिकन नागरिक भएको बताइएको छ । लियजेट ५५ उडेको एक मिनेटमै भुईँमा खसेर विष्फोट भएको थियो । यस घटनामा १९ जना अरु घाइते भएको मेयरले भनेका छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>