आगलागी/क्षति

ठमेलमा आगलागी, ६५ लाखको क्षति

Banner

काठमाडौँ, माघ २०-

स्थानीय ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा रु ६५ लाख बराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>