घटना -दुर्घटना
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एकजना घाइते

रूपन्देही, माघ २०-
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको सरावलमा मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको शुद्धोधन गाउँपालिका अमुवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको हो । एक युवक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराका अनुसार सरावल गाउँपालिका १ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा बुटवलतर्फ आउँदै गरेको प्रदेश नं. ३-०२-००६ प ९८३६ को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको हो ।
उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ। तीव्र गतिमा रहेको मोटरसाइकल सडकको बीचमा रहेको पेटीमा ठोकिँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवै युवकलाई तत्कालै उपचारको लागि लुम्बिनी सिटी अस्पताल लगिएको थियो।
उपचारकै क्रममा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी बोहोराले बताए। फाइल तस्बिर
























