देश/प्रदेश

पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्या हाम्रो हाइन्ः गृह मन्त्रालय

Banner

काठमाडौा, माघ २०-

गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याको आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ। केबलकार नियमनको विषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत पर्ने भएकोले यस्तो जिम्मेवारी दिएको हो।

जारी विज्ञप्तिमा स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयसमेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन भनेको छ।

गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधानको पहल अघि बढाउन निर्देशानुसार अनुरोध गरेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>