खेलकुद

नेदरल्यान्ड्समाथि थाइल्यान्डको सहज जित

Banner

काठमाडौं, माघ १८-

नेपाल टी-२० महिला अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेदरल्यान्ड्समाथि थाइल्यान्डले ८ विकेटको जित निकालेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले २ विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्‍यो। थाइल्यान्डका लागि नान्नापत कोन्चारोइनकाइले ५० बलमा ५ चौका प्रहार गर्दै नटआउट ५६ रन जोडिन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ६ विकेटको क्षतिमा १२२ रन बनायो। नेदरल्यान्ड्सका लागि कप्तान बाकेटे डी लिडेले ५२ रन जोडेकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>