अन्तर्राष्ट्रिय
भागदौडपछि महाकुम्भमा लाग्यो भयानक आगो
०

नयाँ दिल्ली, माघ १७-
महाकुम्भमा आगलागी भएको छ । झुन्सीको छतनागको सेक्टर २२ मा बनेको टेन्ट सिटीमा बिहीबार आगलागी भएको हो । आगलागीको कारण पत्ता लागेको छैन ।
के भयो भनेर मानिसहरूले थाहा पाउनु अघि नै आगोले भयानक रूप लिइसकेको बताइएको छ । टेन्ट सिटीका एक दर्जनभन्दा बढी टेन्टहरू जलेर खरानी भएका छन् । यस दुर्घटनामा कसैले पनि ज्यान गुमाउनु नपरेको बताइएको छ ।
आगो लागेको जानकारी पाउने बित्तिकै धेरै दमकल घटनास्थलमा पुगेका थिए । निकै प्रयासपछि आगो नियन्त्रणमा आएको बताइएको छ । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























