Breaking News

टी-२० अन्तर्राष्ट्रिय सिरिज: नेदरल्यान्ड्ससँग नेपालको हार

Banner

काठमाडौं, माघ १७-

अन्तर्राष्ट्रिय महिला टी-२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार सुरु भएको सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग २० रनको हार ब्यहोर्‍यो।

नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रन मात्र जोड्न सक्यो।

नेपालका लागि सीता रानामगरले ४५ बलमा २८ रन, पूजा महतोले १४ बलमा २४ रन र कविता कुँवरले १७ बलमा २७ रन जोडिन्। पूजाले २ चौका र २ छक्का तथा कविताले १ चौका र २ छक्का प्रहार गरे।

बलिङमा नेदरल्यान्ड्सकी डि लाङगा र इभा लियन्चले २-२ विकेट लिए।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १५७ रन जोड्यो। नेदरल्यान्ड्सका लागि रोबिन रिज्कीले नटआउट ५९ रन र आइरिस ज्वेइलिङ १३ बलमा ३१ रन जोडिन्।

बलिङमा नेपालका कविता कुँवर, पूजा महतो, इश्वरी विष्ट र सीता रानामगरले १(१ विकेट लिए। सिरिजमा नेपाल र नेरल्यान्ड्ससहित थाइनल्यान्डले प्रतिस्पर्धा गर्नेछ।

सिरिजमा भोलि नेदरल्यान्ड्स र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ भने पर्सी शनिबार नेपाल र थाइल्यान्ड भिड्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>