देश/प्रदेश

बिरामी बोकेको गाडी दुर्घटना, तीन जनाको मृत्यु

Banner

काठमाडौं, माघ १७-

ओखलढुंगामा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ४ स्थित बिरामी बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण खड्काका अनुसार खोटाङबाट बिरामी बोकेर काठमाडौं जाँदैगरेको ना १ ज ६४२१ नम्बरको गाडी सडकबाट १०० मिटर खोला किनार खसेका थियो ।

‘गए राति दुर्घटना भएको हुनसक्छ, बिहान स्थानीयले देखेर प्रहरीलाई खबर गरे,’ डिएसपी खड्काले भने, ‘प्रहरी घटनास्थल पुगिसकेको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>