देश/प्रदेश

तेह्र वर्षपछि पलायो पानी

Banner

सिन्धुपाल्चोक, माघ १७-

यहाँको इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनीस्थित नयाँपानीमा पानी पलाएको छ ।

यहाँ प्रत्येक बाह्र वर्षको अन्तरालमा हिउँदमा पानी पलाउने गरेको थियो । त्यही सिलसिलामा यसवर्ष यहाँ पानी पलाएको हो । अघिल्लो वर्ष पानी पलाउनु पर्ने भएपनि नपलाएपछि नयाँपानी संरक्षण समितिले क्षमापूजा गरेको थियो । क्षमा पूजापछि नयाँपानी क्षेत्रमा बुधबार पानी पलाएको सो वडाका वडाअध्यक्ष शशिनाथ आचार्यले बताउनुभयो ।

पानी पलाएपछि स्थानीयवासी हर्षित भएका छन् । यहाँ पानी पलाएपछि गाउँघरमा विभिन्न रोग नष्ट हुने विश्वास गरिन्छ । नयाँपानीमा प्रत्येक बाह्र वर्षमा मेला लाग्ने गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>