देश/प्रदेश
सामाजिक सद्भाव कायम गर्न सबैलाई प्रेरणा मिलोस्ः देवराज घिमिरे
०

काठमाडौँ,माघ १८-
सभामुख देवराज घिमिरेले सोनाम ल्होसार आपसी एकता, मेलमिलाप र सामाजिक सद्भाव कायम गर्न प्रेरणाप्रद बनोस् भन्ने कामना गर्नुभएको छ ।
सोनाम ल्होसारका अवसरमा आज जारी शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको हो ।
“नेपाल बहुसांस्कृतिक राष्ट्र हो, जहाँ हरेक जातजातिका चाडपर्वले नेपाली समाजलाई समृद्ध बनाएका छन्”, शुभकामना सन्देशमा भनिएको छ, “ल्होसारजस्ता पर्वहरूले विविध नेपाली समुदायहरूबीचको आपसी एकता र समन्वयलाई बलियो बनाउने अवसर प्रदान गरेको छ ।” रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























