देश/प्रदेश

आशिका तामाङलाई माघ १८ सम्म हिरासतमा राख्न अदालतको अनुमति

Banner

काठमाडौँ, माघ १६-

भक्तपुर जिल्ला अदालतले प्रहरीलाई  आशिका तामाङलाई माघ १८ गते शुक्रबारसम्म हिरासतमा राख्न अनुमति दिएको छ।

आपराधिक उपद्रव गरेको आरोपमा माघ १४ देखि प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी तामाङविरुद्ध हिजो (मंगलबार)जिल्ला अदालत भक्तपुरले माघ १८ गतेसम्मका लागि म्याद थप गरेको हो।

उनले केही समयअघि भक्तपुरतर्फ साँगाको झोलुंगे पुलमा अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको भनी सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो।

यसअघि पशुपति क्षेत्रमा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा माघ २ गतेदेखि प्रहरी वृत्त गौशालाको हिरासतमा रहेकी तामाङ माघ १४ गते १० हजार धरौटी बुझाएर रिहा भएकी थिइन्। तर भक्तपुरमा पनि उनीविरुद्ध जाहेरी परेकाले त्यही दिन उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>