देश/प्रदेश

ट्रोल गर्नेलाई पाँच लाख जरिवाना गर्ने गरी सरकारले ल्यायो विधेयक

Banner

काठमाडौं, माघ १५-

सरकारले ट्रोल गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने गरी विधेयक ल्याएको छ।

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रोल गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था समावेश छ। सरकारले यो विधेयक संसदमा पेस गरेको हो।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले केही शर्तहरू पालना गर्नुपर्ने विधेयकमा उल्लेख छ।

‘कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच मानिने कार्य नगर्ने,’ विधेयकमा भनिएको छ, ‘यस विपरीतको कार्य गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई विभागले पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ।’

यस्तै मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचनाको तोडमरोड गरी प्रसार गर्न नहुने, निषेध गरेका वस्तुको विज्ञापन तथा कारोबार गर्न नहुने लगायत पनि यस विधेयकमा उल्लेख छ।

सामाजिक सञ्जाल प्रयोगकर्तालाई जरिवाना गर्नुअघि सफाइको मौका दिइने पनि उल्लेख गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>