देश/प्रदेश

मोटरसाइकल सुनकोसीमा खस्दा बेपत्ता भएका २ युवा आए सम्पर्कमा

Banner

सिन्धुली, माघ १३-

आज (आइतबार) बिहान सुनकोसी नदीमा खसेको अवस्थामा ज १० प २६०४ नम्बरको मोटरसाइकल फेला परेको थियो। सुनकोसी गाउँपालिका-७ स्थित सडकबाट नदीमा खसेको अवस्थामा मोटरसाइकल फेला परेको हो ।

नदीमा डुबेको अवस्थामा मोटरसाइकल र झोला फेला परे पनि मोटरसाइकलमा सवार यात्रु भने फेला पारेका थिएनन्। तर, मोटरसाइकलमा सवार रहेर बेपत्ता रहेका दुई युवक हाल भने सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर सुनिल चौरसियाले जानकारी दिए।

मोटरसाइकल नदीमा खस्दा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर-७ घर भएका चालक राजाबाबु यादव र सोही ठाउँका अर्का युवा आशिष मण्डल सामान्य घाइते भएका थिए ।

आज बिहान सुनकोसीमा खसेको अवस्थामा झोलासँगैको ब्लुबुक र मोटरसाइकल फेला परेपछि प्रहरीले त्यासमा सवार यात्रु सुनकोसीमा बेपत्ता भएको अनुमान गरेर खोजी कार्य सुरु गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>