देश/प्रदेश
मानव बेचबिखन आरोपमा रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ
०

काठमाडौँ, माघ १०-
ओमानबाट प्रहरीले एक व्यक्तिलाई प्रकाउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसारका अभियुक्तलाई प्रहरीले ओमानबाट पक्राउ गरेको हो ।
बर्दिया बढैयाताल गाउँपालिका २ घर भई काठमाडौँ टोखा नगरपालिका ३ बस्ने विनोद पौडेललाई प्रहरीले एनसीबी अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ गरेर कारबाहीका लागि बुधबार नेपाल ल्याइएको हो। उनलाई कानुनी कारबाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई बुझाइएको प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाले जानकारी दिएको छ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस १२ गते रेड नोटिस जारी भएको थियो।