देश/प्रदेश

जजिरा र थाइ एशियाले भैरहवा विमानस्थलबाट उडान सुरु गर्दै

Banner

काठमाडौँ, माघ ९-

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा र थाइ एशियाले उडान सुरु गर्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले फेब्रुअरी ३ देखि जजिरा र थाइ एशियाले भैरहवा विमानस्थलबाट उडान सुरु गर्ने बताएका हुन्।

मंगलबारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्। उनले भैरहवाबाट अहिले पनि नेपाल एयरलाइन्स र फ्लाइ दुबईले उडान गरिरहेको बताए।

महानिर्देशक अधिकारीले अन्तर्राष्ट्रिय व्यापारमा जबरजस्ती किन गरेको भन्ने प्रश्नको जवाफ आफूसँग पनि नरहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>