अर्थ

दुई दिनमा तीन हजारले बढ्यो सुनको मूल्य

Banner

काठमाडौँ, माघ ९-

नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज एक हजार नौ सय रूपैयाँले बढेको हो ।

योसँगै आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ। हिजो (मंगलबार) छापावाल सुन प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै मंगलबार सुन प्रतितोला एक हजार एक सय र आज एक हजार नौ सयले बढ्दा सुनको मूल्य दुईदिनमा प्रतितोला तीन हजार रूपैयाँले बढेको हो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>