देश/प्रदेश

अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै ठगीः दुई जना प्रकाउ

Banner

काठमाडौँ, माघ ५-

अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ परेका छन् । रकम ठगी गरेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका–१९ घर भई काठमाडौँ महानगरपालिका–२६ बस्ने ५५ वर्षीय चन्द्रकला रदाखु राई र महोत्तरी सोनाम गाउँपालिका–२ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ५४ वर्षीय सरिता कुमारी यादवलाई प्रहरीले प्रकाउ गरेको हो ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रकलालाई काठमाडौँको बौद्धबाट बिहीबार र सरितालाई ललितपुरको महालक्ष्मी नगरपालिका–५ बाट शुक्रवार पक्राउ गरेको थियो ।

चन्द्रकलाले अमेरिका पठाइदिन्छु भन्दै ७ जना पीडितबाट ४२ लाख रुपैयाँ र सरिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>