चितवन विशेष

चितवन महोत्सवमा ठेस लागेर लड्दा घुँडा मुनिको नली हड्डी भाँचिएर एक महिला घाइते

Banner

चितवन, माघ ४-

नारायणी नदी किनारमा जारी १५औँ चितवन महोत्सवमा घुम्न गएकी एक महिलाको ढुंगामा ठेस लागेर लड्दा घुँडा मुनिको नली हड्डी भाँचिएको छ ।

नवलपुरको कावासोती नगरपालिका–१४ बस्ने ३५ वर्षीय कविता श्रेष्ठ बिहीवार महोत्सव परिसरमा हिड्ने क्रममा ढुंगामा ठेस लागी अचानक लड्दा दाहिने खुट्टाको घुँडा मुनिको नली हड्डी भाँचिएको प्रहरीले बताएको छ ।

उनलाई उपचारको लागि भरतपुर अस्पताल पठाएको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । उनको उपचारमा आफन्त संलग्न छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>