देश/प्रदेश

४५ वर्षसम्म बिहे नगरेका महिलालाई पनि भत्ता

Banner

प्युठान, माघ २-

झिमरुक गाउँपालिकाले अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । गाउँपालिका भित्रका ४५ वर्षको उमेरसम्म पनि विवाह नगरी बसेका महिलालाई भत्ता दिने निर्णय भएको हो ।

यसका साथै १२ वर्षदेखि श्रीमान् बेपत्ता भई बसेका, लैंगिक हिंसामा परी विवाहित वा अविवाहित रुपले एक्लो जीवन व्यतीत गरिरहेका एकल महिलाहरुका लागि भत्ता दिने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत कृष्णबहादुर थापाले जानकारी दिए ।

उनीहरूलाई चालु आर्थिक वर्षको माघदेखि मासिक एक हजार रुपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>