देश/प्रदेश

चिसोबाट बचाउन बालेको आगो खोरमा सल्किदाँ दर्जन बढी खसीबाख्रा मरे

Banner

पर्सा, माघ २-

पर्सा आगलागीबाट दर्जनौ खसीबाख्रा मरेका छन् । जिराभवानी गाउँपालिका–५ स्थित शंकरशरैयामा खोरमा आगलागी हुँदा दर्जनौ खसीबाख्रा मरेको हो ।

बाख्रालाई चिसोबाट बचाउन खोर नजिकै बालेको घुर सल्किएर आगलागी हुँदा स्थानीय लालबहादुर दासका करिब दुई दर्जन खसीबाख्रा मरेको वडाध्यक्ष दारासिंह राउतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आगोमा जलेर १० वटा बाख्रा र ८ वटा बोका मरेका छन् । आगलागीबाट २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>