चितवन विशेष

अष्ट्रेलिया लक्षित ग्लोबल रिचको शैक्षिक मेला आज

Banner

चितवन, माघ १-

भरतपुरस्थित शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिचको कार्यालयमा आज ‘अष्ट्रेलियन एजुकेशन फेयर’ हुँदै छ । उच्च शिक्षाको लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुको लागि आउंँदो इन्टेकलाई लक्षित गर्दै कार्यालय परिषरमै शैक्षिक मेलाको आयोजना गर्न लागिएको हो ।

हरेक वर्ष जस्तै यसपटक पनि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीलाई युनिभर्सिटीका प्रतिनिधिमार्फत प्रत्यक्ष परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला आयोजना गरिएको ग्लोबल रिच चितवनका प्रबन्धक सुरेश पौडेलले जानकारी दिए ।

‘एजुकेशन फेयरमा एकत अभिभावक र विद्यार्थीले युनिभर्सिटीका प्रधिनिधिसंँग सिधा सम्पर्क गर्न पाउनेछन, अर्कोतिर त्यहांँका कल्चर ऐन कानुन र पोलिसी सम्बन्धी विषयमा पनि जानकारी पाउनेछन,’ प्रबन्धक पौडेलले भने । फेयरमा युनिभर्सिटी तथा कलेजका ९ जना प्रतिनिधिले परामर्श दिने उनले बताए । फेयरमा कुनैपनि संकायका व्याचलर देखि पिएचडीसम्मका विद्यार्थीले स्कलरसिप, फि स्ट्रक्चर, कोर्स लगायतका बिषयमा परामर्श लिनसक्ने छन्।

साउथ एशियामा नै सबैभन्दा बढी युनिभर्सिटी र कलेजसंँग सहकार्य गर्दै आएको ग्लोबल रिचबाट आवेदन दिंँदा विद्यार्थीले आफ्नो छनोट अनुसारको बिषय र युनिभर्सिटीमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने पौडेलको भनाई छ । मेलामा चितवन, नवलपरासी, मकवानपुर लगायतका करीब तीनसय विद्यार्थीहरु सहभागी हुने अपेक्षा ग्लोबल रिचको छ ।

बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म मेला सञ्चालन हुने पौडेलले जानकारी दिए । ग्लोबल रिचले विगत ३३ वर्षदेखि विद्यार्थीलाई सेवा दिंँदै आईरहेको छ भने विगत १८ वर्षदेखि नेपालमा सेवा दिईरहेको छ ।

ग्लोबल रिचको नेपालमा मात्र काठमाडौं, बुटवल, पोखरा, चितवन गरी चारवटा शाखा छन् भने भारत, बंगलादेश, भुटान, श्रीलंका, अष्ट्रलियाका देशहरुमा गरी कुल ४२ वटा शाखा सञ्चालनमा छन् । संस्थाले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, बेलायत लगायतका विभिन्न देश जान चाहने विधार्थीहरुलाई शैक्षिक परामर्श, भर्ना प्रक्रिया सहजिकरण, भिसा आवेदनमा सहयोग गर्नुका साथै आइएलटिएस र पिटीईका कक्षाहरु सञ्चालन गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>