चितवन विशेष

बाटुली पोखरीमा घाँस काट्न गएका व्यक्तिको रुखबाट खसेर मृत्यु

Banner

चितवन, माघ १-

भरतपुर महानगरपालिका–१३ बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएका एक व्यक्तिको रुखबाट खसेर मृत्यु भएको छ ।

तनहुँ भिमाद नगरपालिका–१ घर भई हाल भरतपुर–१३ ब्रमपुरी बस्ने मान प्रसाद सापकोटाको घरमा डेरा गरि बस्ने वर्ष ५० को भगवत लम्साल सोमवार बिहान घाँस काट्न सामुदायिक वन गएका थिए ।

सालको रुखबाट खसेर गम्भीर घाइते भएका लम्सालको भरतपुर अस्पतालमा उपचारको क्रममा सोमवार दिउँसो १२ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>