चितवन विशेष

चितवनमा माघ १ गते ‘अष्ट्रेलिया एजुकेशन फेयर’ गर्दै ग्लोबल रिच

Banner

चितवन, पुस २७-

शैक्षिक परामर्शदाता ग्लोबल रिच एजुकेशन कन्सलटेन्सीले चितवनमा माघ १ गते ‘अष्ट्रेलिया एजुकेशन फेयर’ शैक्षिक मेला गर्ने भएको छ । उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेलाको आयोजना गर्न लागिएको हो ।

हरेक वर्ष जस्तै यसपटक पनि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीलाई युनिभरसिटीका प्रतिनिधिमार्फत प्रत्यक्ष परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला आयोजना गरिएको ग्लोबल रिच चितवनका प्रबन्धक सुरेश पौडेलले जानकारी दिए ।

पछिल्लो समय अष्ट्रेलियन सरकारले गरेको भिषाको पोलिसी, मापदण्ड, त्यहांँको अवस्था, काम, अवसर र चुनौतिको बारे विद्यार्थीले युनिभर्सिटीका प्रतिनिधिसंँग जिज्ञासा राख्न सक्ने छन् । मेलामा अष्ट्रेलियाका प्रख्यात केही युनिभरसिटीका प्रतिनिधिले विद्यार्थीलाई उपयुक्त परामर्श, युनिभर्सिटीमा सहजीकरण, स्कलरसिप र अफरलेटरमा सहजीकरण लगायतका विषयमा सहभागी विद्यार्थीलाई सहयोग पुग्ने पौडेलको भनाई छ ।

ग्लोबल रिच पुरानो र स्थापित शैक्षिक संस्था भएकोले विद्यार्थी तथा अभिभावकको शैक्षिक मेलामा उत्साहजनक सहभागिता रहने उनले बताए । भरतपुर ओरालोस्थित रोटरी भवनको चौथो तलामा रहेको आफ्नै कार्यालय परिसरमा गर्न लागिएको मेलामा चितवन, नवलपरासी, मकवानपुर लगायतका विद्यार्थीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म मेला सञ्चालन हुने पौडेलले जानकारी दिए । ग्लोबल रिचले विगत ३३ वर्षदेखि विद्यार्थीलाई सेवा दिंँदै आईरहेको छ भने विगत १८ वर्षदेखि नेपालमा सेवा दिईरहेको छ ।

ग्लोबल रिचको नेपालमा मात्र काठमाडौं, बुटवल, पोखरा, चितवन गरी चारवटा शाखा छन् भने भारत, बंगलादेश, भुटान, श्रीलंका, अष्ट्रलियाका देशहरुमा गरी कुल ४२ वटा शाखा शाखा सञ्चालनमा छन् ।

संस्थाले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, बेलायत लगायतका विभिन्न देश जान चाहने विधार्थीहरुलाई शैक्षिक परामर्श, भर्ना प्रक्रिया सहजिकरण, भिसा आवेदनमा सहयोग गर्नुका साथै आइएलटिएस र पिटीईका कक्षाहरु सञ्चालन गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>