देश/प्रदेश

क्यानडामा गाडीको ठक्करबाट खोटाङका युनेशको मृत्यु

Banner

काठमाडौँ, पुस २५-

क्यानडामा नेपाली युवाको मृत्यु भएको छ। सडक दुर्घटनाबाट क्यानडामा खोटाङ घर भएका युनेश गिरीको मृत्यु भएको हो ।

घुम्न जाने क्रममा क्युबेक सिटीको सडकमा गाडी रोकेर बस्दै गर्दा अर्को गाडीले ठक्कर दिएको उनको क्यानडाको समय अनुसार मंगलबार राती साढे १० बजे मृत्यु भएको थियो।

गाडीको ठक्करबाट घाइते भएका युनेशको घटनास्थलमै मृत्यु भएको क्यानडामा कार्यरत कानुन व्यवसायी केशव दाहालले जानकारी दिए । अध्ययनका लागि युनेश सन् २०२२ को जनवरी ११ मा क्यानडा पुगेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>