देश/प्रदेश
शितलहरका कारण रूपन्देहीका विद्यालयहरूमा बिदा
०

बुटवल, पुस २४-
चिसोका कारण रूपन्देहीका स्थानीय पालिकाहरूले विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। केही दिनयता बढेको चिसोका कारण पालिकाहरूले विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
तिलोत्तमा नगरपालिकाले बुधबार सूचना जारी गर्दै पुस २५ गतेदेखि २९ गतेसम्म नगरपालिका भित्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको जनाएको छ।
यसअघि रूपन्देहीकै मर्चवारी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकाले विद्यालयहरूमा सार्वजनिक बिदा दिइसकेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























