देश/प्रदेश
बसपार्कमा बसले ठक्कर दिँदा महिलाको मृत्यु
०

तुलसीपुर, पुस २४-
दाङ बसको ठक्करबाट महिलाको मृत्यु भएको छ । आज (बुधबार) दिउँसो तुलसीपुरको बसपार्कमा बसको ठक्करबाट महिलाको मृत्यु भएको हो।
लु.प्र २००१–ख ००४४ नम्बरको बसको ठक्करबाट अन्दाजी ३५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिए । मृतकको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























