देश/प्रदेश
मोरङमा हात्तीले तीन घर भत्कायो
०

मोरङ, पुस २४-
मोरङमा जंगली हात्तीले ३ घर भत्काएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० बागझोडामा जंगली हात्तीले तीनवटा घर भत्काएको हो । आज (बुधबार) बिहान जंगलबाट बस्ती पसेको एउटा जंगली हात्तीले स्थानीय खड्गमाया बराल, चन्द्रकला श्रेष्ठ, कृष्णदेव राईको घर भत्काएको छ ।
प्रहरीका अनुसार हात्तीले बरालको टिनको छानो भएको घरको टाटीबेरा भत्काएर १५ मन बराबर धानमा क्षति पुर्याएको छ । साही स्थानकी श्रेष्ठको घरको उत्तर पट्टीको गारो हात्तीले भत्कादिएको छ । हात्तीले गारो भत्काउँदा कोठाभित्र रहेको दराज, पलङमासमेत क्षति पुगेको प्रहरीले बताएको छ । स्थानीय राईको घरको कच्ची बेरा पनि हात्तीले भत्काएको हो । फाइल फोटो
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























