राजनीति

चैतसम्ममा सबै विधेयक पारित गर्न संयन्त्र बनाएर काम गरिरहेका छौं: गगन थापा

Banner

काठमाडौं, पुस २३-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माघको पहिलो साताबाट सदन सुरू हुने बताएका छन् ।

‘संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै यो सदनबाट अहिले समितिमा रहेका सबै विधेयक पारित गर्नेगरी काम गरिरहेको सुनाए ।

उनले भने, ‘दुई ठूला दल मिलेर बनेको सरकारलाई विधेयकहरू पारित गराउनको लागि सहजता छ । रोकिएर रहेको विधेयकहरूलाई अगाडि बढाउन हामीले संयन्त्र नै बनाएर काम गरिरहेका छौं । अहिले भएका सबै विधेयकहरूलाई चैत महिनाभित्र पारित गर्नुपर्छ । माघको पहिलो साताबाट सदन सुरू हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>