राजनीति

एमाले केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु

Banner

काठमाडौं, पुस २३-

नेकपा एमालेको केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ ।

अध्यक्ष ओलीले ४७ पृष्ठ लामो प्रतिवेदन पेश गरेका छन् । अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।

सबै केन्द्रीय सदस्यहरूलाई प्रतिवेदनमाथि बोल्न तीन तीन मिनेटको समय दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>