राजनीति
सरकारले अपेक्षित काम नगरेको एमाले नेताहरूको गुनासो
०

काठमाडौँ, पुस २२-
एमाले केन्द्रीय कमिटी सदस्यहरूले सरकारले अपेक्षित रूपमा काम नगरेको भन्दै प्रभावकारी र परिणाममुखी काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै नेताहरूले जनताका अपेक्षा पूरा गर्न सरकारलाई आग्रह गरेका हुन् । ‘केन्द्रीय कमिटीका सदस्यहरूले आफ्नो विचार राख्ने क्रममा सरकारलाई प्रभावकारी र परिणाममुखी बनाउन, सुशासन र सेवाप्रवाहमा जोड दिन सुझाव दिएका छन्,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
एमालेलाई निर्णायक शक्ति बनाउन नेता तथा कार्यकता वडासम्म केन्द्रित नभएसम्म सम्भव नहुने बताए । नेताहरूले स्थानीय तह उपनिर्वाचनको परिणामलाई ध्यानमा राखेर संगठन सुदृढीकरण गर्नुपर्ने बताएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























