देश/प्रदेश

प्याडमा लुकाएर सुन तस्करी, ३ जना पक्राउ

Banner

काठमाडौँ, पुस २२-

सुन तस्करीको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ । सेनिटरी प्याडमा लुकाएर सुन तस्करी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भनिने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ घर भइ काठमाडौं महानगरपालिका–६ बस्ने २२ वर्षीया लालबहादुर तामाङलाई सुन तस्करीको आरोपमा पक्राउ गरेको छ । यस्तै प्रहरीले अनुसन्धान गर्दा महिलाले लगाउने सेनिटरी प्याडमा लुकाएर सुन तस्करी गरेको खुलेको हो ।

१४ पुसको आइतबार दिउँसो साढे २ बजे फ्लाई दुबईको उडानमार्फत एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी थिइन् । पछि ती महिलाले दुबईबाट सुन ल्याएको र उक्त सुन लुटिएको सूचना प्रहरीले पायो । सुन लुटिएको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीसँग मिलेर अनुसन्धान अघि बढाएको थियो ।

लुटिएको झण्डै आधा किलो ४३६.१० ग्राम सुन समेत प्रहरीले बरामद गरेको छ । लुटेराहरूबाट प्रहरीले ३ थान मोबाइल र मोटरसाइकल समेत बरामद गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>