देश/प्रदेश

खाएको थालमा चुठ्नु राम्रो होइन, गएपछि सराप्ने संस्कार वाहियातः बाँस्कोटा

Banner

काठमाडौँ, पुस २१-

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टी छोडेर जाने नेताप्रति लक्षित कटाक्ष गरेका छन्। आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले स्वार्थ पूरा गरेर जानेहरूले खाएको थालमा चुठेको भनेका छन्।

बाँस्कोटाले लेखेका छन्, ‘मान्छेको वास्तविक परिक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकाङ्क्षामा होइन, सङ्कट, त्याग र सङ्घर्षको समयमा हुन्छ। आफ्नै लागि आउनेहरू आए सकेजति लाभ लिए र गए। हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यू चोली लगाएर बढाए। खाएको थालमा चुठ्नु राम्रो होइन, झन गएपछि सराप्ने संस्कार वाहियात नै हो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>