देश/प्रदेश

धादिङमा दुइवटा कार आपसमा ठोकिदाँ चार जना घाइते

Banner

धादिङ, पुस २०-

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट दुइ वटा कार ठोकिदाँ चार जना घाइते भएका छन्। रोराङ गाउँपालिका(३ सलाङघाटमा दुइवटा कार आपसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका हुन्।

कारमा सवार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-२ का २६ वर्षीय प्रज्ञान खड्का र २८ वर्षीय प्रमोद खड्का, रामेछापको खाडादेवी गाउँपालिका-८ की २१ वर्षीया सुनिता बरैली र मकवानपुरको हेटौडा उपमहानगरपालिका-८ की २४ वर्षीया बबिता खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको हो ।

आज (शनिबार) बिहान १० बजे काठमाडौंबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०१-०२९ च १३६९ नम्बरको कार र काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ४५०९ नम्बरको कार आपसमा ठोकिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>