राजनीति
मनिस झाले भने मुकुल ढकालको कारबाहीबारे छलफल हुँदैन
०

काठमाडौँ, पुस १९-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनीष झाले पार्टीबाट निष्कासित महामन्त्री डा.मुकुल ढकालको कारबाहीबारे छलफल नहुने बताएका छन्।
केन्द्रीय सदस्य तपेश्वर यादव, राजेश तिम्सिनालगायतले भने ढकालको कारबाही फिर्ता गर्नेगरी छलफल अगाडि बढाउन माग गरेका छन्। तर, प्रवक्ता झाले भने छलफल नहुने बताएका हुन्।
ुबैठकमा नेताहरू कसैले त्यस्तो प्रस्ताव ल्याए त्यो उनीहरूको स्वतन्त्रताको कुरा हुने प्रवक्ता झाले बताए । तर, आएपनि अहिलेका लागि छलफल नहुने उनको दाबी छ । यता डा. मुकुल ढकालले भने बरु आफूले माफी माग्ने तर, कारबाहीमाथि पुनर्विचार हुनुपर्ने बताउने गरेका छन्। तर, माफी नै मागे पनि अहिलेका लागि कारबाहीमाथि पुनर्विचार नहुने झा बताउँछन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























