राजनीति

पार्टीमा अनुशासन आवश्यकः महासचिव पोखरेल

Banner

काठमाडौँ, पुस १९-

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको ३७औँ वार्षिक उत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अनुशासित पार्टीले मात्र मुलुकको लक्ष्य प्राप्ति गर्ने बताउनुभयो ।

महासचिव पोखरेलले पार्टीमा वैरीहरुले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको बताउनुभयो । उहाँले यस्तो बेलामा पार्टी निर्णय विरुद्ध जान उचित नहुने बताउनुभयो ।

महासचिव पोखरेलले कृषिलाई बदल्न नसकेकाले युवा जोडिन नमानेको र पुरानै पुस्ताले धानेको कृषिबाट मुलुकको आर्थिक विकास र समृद्धि पूरा नहुने बताउनुभयो । “देश बनाउने कुरा गफ गरेर हुँदैन । त्यसको जगमा प्रवेश गर्नुसक्नुपर्दछ”, उहाँले भन्नुभयो ।

महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक परिवर्तनविना राजनीतिक परिवर्तनले स्थायित्व लिन नसक्ने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>