राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि

Banner

काठमाडौं, पुस १९-

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ।

बैठक दिउँसो १२ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा सुरू हुने प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए।

आउँदो पुस २१ गतेदेखि सुरू हुने पार्टीको केन्द्रीय कमिटी बैठकका लागि अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवदेनमाथि आज स्थायी कमिटी सदस्यहरूले सुझाव दिने सापकोटाले बताए।

बिहिबारको बैठकमा अध्यक्ष प्रचण्डले आफूले तयार पारेको राजनीतिक प्रतिवेदनको सारसंक्षेप सुनाएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>