देश/प्रदेश

परीक्षा बिग्रिएको तनावले विष सेवन गर्दा एकको मृत्यु, दुई घाइते

Banner

महोत्तरी, पुस १७-

निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत तीन छात्राले विष सेवन गरेका छन्। महोत्तरीको बर्दिबास नगरपालिका–११ स्थित बहुप्राविधिक शिक्षालयमा अध्ययनरत तीन छात्राले सोमबार राति बर्दिबास नगरपालिका–४ स्थित जंगलमा एकैसाथ विष सेवन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार जियोमेट्री (अमिन) प्रथम वर्षमा अध्ययनरत सिरहाको धनगढीमाई नगरपालिका–२ र महोत्तरीका छात्राले विष सेवन गरेका थिए। विष सेवन गरेका मध्य एक छात्राको मृत्यु भएको र दुई जनाको बर्दिबासस्थित शुभस्वास्तिक अस्पतालमा उपचार भइरहेको छ।

विष सेवन गरेकी एक छात्राले आफैं अस्पताल पुग्दा घटना सार्वजनिक भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले तीनैजना साथीले परीक्षा बिग्रिएको तनावले सामूहिक रूपमा विष सेवन गरेको देखिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>