देश/प्रदेश

मकवानपुरमा गैंडाको आक्रमणबाट महिला घाइते

Banner

मकवानपुर, पुस १७-

गैंडाको आक्रमणबाट एक जना महिला घाइते भएकी छन्। मकवानपुरको मनहरी गाउँपालिका-६ लोथर खोला नजिकै रहेको लामेदमार मध्यवर्ती सामुदायिक वनमा गैंडाले एक महिलामाथि आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज (बुधबार) बिहान साढे ८ बजे चितवन राप्ती नगरपालिका-१ दुबिचौरकी ७० वर्षीया दिलमाया स्याङ्तानमाथि गैंडाले आक्रमण गरेको थियो । घाँस काट्न र गोबर टिप्न गएकी दिलमायालाई आक्रमण गर्दा उनको हात, शरीर र निधारमा चोट लागेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>