देश/प्रदेश

हिमाली भेगमा आज तोल ल्होसार मनाइँदै

Banner

काठमाडौं, पुस १६-

हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा आज तोल ल्होसार मनाइँदै छ। प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ। ‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ।

तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधिअनुसार यो पर्व मनाइन्छ । सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्दछ। तामाङ जातिले भने एक महिनापछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन्।

तोल ल्होसार भुटान र तिब्बतका केही स्थानमा अहिले पनि मनाउने गरिएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ।

हिमाली क्षेत्रका मानिस यो दिन बिहानै स्नान गरी शुद्ध हुन्छन्। घर, आँगन लिपपोत गरी चोखो बनाउँछन्। लामा पुरोहित वा घरका मुख्य मान्छेबाट पूजापाठ गराउँछन्। आकाशतर्फ गहुँको पिठो फ्याँकेर देवताको विजय र भूतप्रेतको पराजयको कामना गर्छन्। ठूला, बडा एवं मान्यजनबाट आशीर्वाद लिइ बाबरी रोटी, फुरौला, कन्दमूल खान्छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>