राजनीति

जुनसुकै क्षेत्रमा रहे पनि आदर्श व्यक्ति बन्नुस्ः प्रधानमन्त्रीले

Banner

काठमाडौँ, पुस १३-

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका दीक्षित विद्यार्थीलाई जहाँ गए पनि आदर्श व्यक्तिको रूपमा स्थापित हुन आग्रह गरेका छन् ।

त्रिविको ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले प्राप्त गरेको ज्ञान, सीप तथा प्रविधिको माध्यमबाट शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत समाज बनाउन विद्यार्थीहरूलाई आग्रह गरे ।

उनले भने, ‘ हामीले बनाउन खोजेको समाज एउट इमान्दार समाज हो । सुसंस्कृतिक समाज हो । लोकतान्त्रिक समाज हो र नागरिक सर्वोच्चताको समाज हो । यो समाज शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत हुनुपर्दछ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>