राजनीति

ओली सरकारलाई झुकाएरै छोड्छौं: मेटमणि चौधरी

Banner

काठमाडौं, पुस १३-

नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले वर्तमान सरकारलाई उद्योगी, दलाल र पुँजीपतिहरुको पक्षमा मात्र काम गरिरहेको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै चौधरीले सरकारले श्रमिकहरूको हितमा कुनै निर्णय गर्न नसकेको दाबी गरे। उनले वर्तमान सरकारलाई दलाल पुँजीपतिहरुको प्रभावबाट हटाउन आफ्नो पार्टी संसद र सडक दुवैमा लड्न तयार रहेको जनाए।

चौधरीले भने, ‘यो सरकार दलाल पुँजीपतिहरुको लागि बनेको सरकार हो। तर हामी यसलाई श्रमिकको पक्षमा झुकाएरै छोड्छौँ। श्रमिकले आन्दोलन थाल्नुपर्छ, दबाब दिनुपर्छ। हामी संसदभित्रबाट दबाब दिन्छौँ, तपाईंहरूको समर्थनबाट हामी संसदमा आवश्यक शक्ति निर्माण गर्नेछौँ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>