राजनीति

अग्रज नेताले देश र जनतालाई केन्द्रमा राखेर गरेका अधुरा कामलाई अघि बढाउनुपर्छः देउवा

Banner

काठमाडौं, पुस १३-

अग्रज नेताहरूले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित हुनुपर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

शनिबार काठमाडौंमा काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं कांग्रेस नेता पिएल सिंहको १३औँ पुण्यतिथिमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा देउवाले अग्रज नेताले देश र जनतालाई केन्द्रमा राखेर गरेका अधुरा कामलाई अघि बढाउनुपर्ने बताए ।

सभापति देउवाले स्वर्गीय पिएल सिंहले जनताको सेवाका लागि गरेका कामको स्मरण गरे । पिएल सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान दिएको भन्दै उनले पिएल सिंहको निधनले पार्टीलाई मात्रै नभई देशलाई नै ठूलो क्षति भएको धारणा राखे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>