राजनीति
नक्कली डाक्टर बनी सुगर रोगको उपचार गर्छु भन्दै औषधि खुवाएर बेहोस बनाई लुटपाट गर्ने पक्राउ
०

काठमाडौं, पुस १२-
नक्कली डाक्टर बनी लुटपाट गर्ने व्यक्ति पक्राउ परेका छन् । पीडितलाई सामाजिक सञ्जालमार्फत साथी बनाएर ठगी गरेको आरोपमा डा.आलोक भन्ने परिचय दिने जितेन्द्र मण्डल पक्राउ परेका हुन् ।
आफू डाक्टर हुँ भनेर चिनजान गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाएर बेहोस बनाउने र सुन तथा चाँदीका गहनासहित तीन लाख रुपैयाँ चोरी गरेको आरोपमा मण्डल पक्राउ परेका प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























