देश/प्रदेश
धनुषामा श्रीमतीको हत्या गरी गाडेको अवस्थामा शव फेला, श्रीमान् पक्राउ
०

जनकपुरधाम, पुस ११-
धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ । हत्या आरोपमा प्रहरीले मृतककी श्रीमान दशैया मुखिया बिनलाई प्रहरीले पक्राउ गरेको हो ।
मिथिला नगरपालिका– ३ हरिहरपुरकी अन्दाजी ५० वर्षीया रेशमीदेवी बिनको हत्या गरी गाडिएको अवस्थामा प्रहरीले शव फेला परेको थियो । हिजो (बुधबार) साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि हत्या गरी गाडिएको अवस्थामा शव फेला परेपछि निकालिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए।
घरायसी विवादको क्रममा मदिराले लठ्ठिएका श्रीमान दशैयाले नै हत्या गरी शव गाडेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरी निरिक्षक साहले बताए । शव पोस्टमर्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























