राजनीति

आफ्नोबारे मात्र चिन्ता गरेर राजनीति चल्दैनः शशांक कोइराला

Banner

काठमाडौं, पुस १०-

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसले बीपी कोइरालाका विचार अँगालेर अगाडि बढ्न जरुरी रहेको बताएका छन् ।

बुधबार नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले कुनै पनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताए ।

ूआज मान्छेले बीपी कोइरालालाई किन सम्झिन्छन्, उहाँ करोडपति वा अर्बपति त हुनुहुन्नथ्यो । किनभने उहाँले आफ्नो जीवन यस्तो प्रयोग गर्नुभयो, उहाँले आफ्नो जीवन अरूका लागि व्यतित गर्नुभयो । मान्छेले आफूबाट निस्किएर गएपछि मात्र राजनीति सुरु हुन्छ । आफ्नो बारेमा मात्र चिन्ता गरेर त्यस्तो राजनीति चल्दैन,ू उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>