राजनीति
देउवानिकट नेता नै सरकारसँग असन्तुष्ट

काठमाण्डौँ, पुस ९-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संयुक्त सरकारभित्र कांग्रेस र एमाले बिचको शक्ति सन्तुलन हुनु आवश्यक रहेको बताएका छन् । सभापति शेरबहादुर देउवानिकट नेता महरले त्यो सन्तुलन मिलाउने जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताएका हुन् ।
कांग्रेसको १०० दिने विशेष अभियानअन्तर्गत इलामको देउमाई नगर समितिको आयोजनामा गरिएको कार्यक्रममा बोल्दै नेता महरले संयुक्त सरकार गठन भएको पाँच महिना बित्दा पनि गठबन्धनको स्प्रिरिटअनुसार चल्न नसकेको बताए । नेता महरले वर्तमान सरकार संसद्को ठुलो दल कांग्रेसको ओज र स्थितिलाई ध्यान नदिएर अघि बढेको बताए । सरकारको बारेमा जनताले कांग्रेसलाई दिएको सुझाव अनुसार सत्ता सहयात्राबारे आगामी केन्द्रीय समिति बैठकमा समीक्षा गर्न सक्ने पनि उनले बताए ।
महर देउवाकै गृह जिल्ला डडेलधुराबाट प्रतिनिधित्व गर्ने नेता हुन् ।

























