राजनीति

रवि लामिछानेको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

Banner

काठमाडौं,पुस ७-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोप लागेका निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट आइतबार साँझ पक्राउ गरेको हो ।

आइतबारमात्र उनी बुटवलबाट काठमाडौं आएको सूचनाका आधारमा भुसाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए । गएको बुधबार रातिदेखि रवि हिरासत कक्षमा सुतिरहेको सीसीटीभी फुटेजको फोटो भाइरल भएको थियो । फोटोलाई लिएर व्यापक चर्चा भएपछि बिहीबार भुसालले सामाजिक सञ्जालबाट तस्बिर आफूले खिचेको दाबी गरेका थिए ।

त्यसपछि गृहमन्त्री रमेश लेखकले नै फोटो बाहिरिएको विषयमा छानबिन गर्न निर्देशन दिएका थिए । लगत्तै कास्की प्रहरीले एक विज्ञप्तिमार्फत भुसालले नै फोटो खिचेर सार्वजनिक गरेको हुन सक्ने र उनले साइबर कानुनको उल्लंघन गरेको बताएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>