देश/प्रदेश

छोरालाई होमवर्क गराइरहँदा हृदयघात भएपछि…

Banner

बेइजिङ, पुस ७-

चीनमा छोरालाई होमवर्क गराइरहँदा एक पितालाई हृदयघात भएको छ । छोरालाई होमवर्क गर्न सघाइरहेको समयमा ती पुरुष यति रिसाए कि अचानक मुटुमा समस्या भएर झन्डै ज्यान गुमाएनन् । घटना चीनको झेजियाङ प्रान्तको हो ।

जाङ थर गरेका ४० वर्ष आसपासका ती पुरुषले घटनाको समयमा उच्च माध्यमिक तहमा पढिरहेका छोरालाई प्रवेश परीक्षाको तयारीमा सघाइरहेका थिए । बाउ छोराबिच स्थिति यति तनावपूर्ण बन्यो कि झाङलाई तु दौडाएर अस्पतालमा नै पुर्याउनुपर्यो ।

अस्पतालमा उनलाई हृदयघात भएको थाहा भयो । तत्कालै ‘सर रन रन श’ अस्पतालका डाक्टरहरूले मुटुको आकस्मिक बाइपास सर्जरी गरेर पुरुषलाई बचाए । परीक्षाको तयारी शुरु भएदेखि नै झाङ र उनको छोराबिचको सम्बन्ध तनावमय बनेको थियो ।

हरेक रात बाउछोरा मिलेर अभ्यास गर्थे । यस्तै एक अभ्यासका क्रममा झाङ यति रिसाए कि उनलाई हृदयघात नै भयो । चीनमा यो नौलो घटना भने होइन । त्यहाँ बच्चालाई होमवर्क विशेषगरी गणित सिकाउने क्रममा अभिभावकलाई हर्ट अट्याक र स्ट्रोकका घटना बढेका छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>