देश/प्रदेश

निकिताको सम्पत्ति जफत गर्न माग गर्दै मुद्दा दायर

Banner

काठमाडौँ, पुस ७-

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि करिब २८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ । उनको सम्पत्ति जफत गर्न माग गरिएको छ।

आइतबार सरकारी वकिलको कार्यालय कास्कीले दायर गरेको मुद्दामा सम्पत्ति जफत प्रयोजनका लागि रवि लामिछानेसँगै उनकी श्रीमती पौडेललाई पनि प्रतिवादी बनाएको हो।

जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार पौडेललाई पनि सम्पत्ति जफतका लागि मुद्दा दायर भएको हो। लिला पछाई, उनकी आमा राधा पछाई, दिदी गिता पछाई, पूर्वडिआइजी छविलाल जोशी, उनकी श्रीमती पद्मा जोशी बन्जाडे र छोरा रोचक जोशीको पनि सम्पत्ति जफत गर्न माग भएको हो।

यसतै पाँच जनालाई उनीहरुको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो । कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको भेटिएमा ‘जफत गर्ने प्रयोजन’का लागि प्रतिवादी बनाउने चलन हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>