देश/प्रदेश
निगमको जहाजमा अचेत भेटिएका व्यक्ति मृत घोषित
०

काठमाडौँ, पुस ७-
नेपाल वायुसेवा निगमको जहाजमा अचेत भेटिएका एक व्यक्तिको मृत्यु भएको छ । निगमको जहाजमा हङकङबाट आएका उक्त व्यक्तिलाई अस्पतालले मृत घोषणा गरेको हो ।
निगमको आरए ४०१ उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बुलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
हाजमा अचेत अवस्थामा रहेका यात्रुको अवस्था के थियो भन्न नसकिने भएकाले विमानस्थलको आकस्मिक सेवा हेर्ने केएमसी अस्पतालमा पठाइएको समेत उनले जानकारी दिए । मृतक देउमान ५३ वर्षका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























